पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना

mausam anuman

काठमाडौं, ९ चैत। स्थानीयुसँगै पश्चिमी वायुको समेत प्रभावका कारण सोमबार देशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ ।

अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रहि अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ ।

सोमबार दिउँसो भने देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अन्य क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने छ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना महाशाखाले जनाएको छ ।

त्यसैगरी रातिको समयमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);