यी क्षेत्रहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

यी क्षेत्रहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

mausam

काठमाडौं, ८ चैत। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकाँस स्थानको मौसम आंशिकदेखि सामान्य बदली रहने छ ।

नेपालको मौसममा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव कायमै रहेकोले मौसमी बदली भईरहेको महाशाखाले जनाएको छ ।

आइतबार दिउँसो पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

यस्तै महाशाखाका अनुसार आज राति पहाडी भू–भागहरुमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी क्षेत्रको केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

पहाडी क्षेत्रका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);