पहाडी भू–भागका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा | ईमाउण्टेन समाचार

Our Network

साउन ९ २०८३, आइतबार

पहाडी भू–भागका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा

mausam anuman

काठमाडौं, १२ चैत । स्थानीय वायुसँगै पश्चिमी वायु प्रभावले आज देशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले छ।

महाशाखाका अनुसार अहिले देशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

बिहीबार दिउँसो देशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । त्यसैगरी पहाडी भू–भागका एक दुइ स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति भने सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

देशको पहाडी भू–भागहरुमा आंशिक बदली रही पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

Leave a Reply

ताजा समाचार