आज हिमाली भू–भागमा हिमपात हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

आज हिमाली भू–भागमा हिमपात हुने

himpat

काठमाडौं, २२ माघ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। अहिले देशको पहाडी भु–भागमा आंशिक बदली रही तराईका धेरै भु–भागहरुमा हुस्सु/कुहिरो लागेको छ ।

जल तथा मौसम विभाग महाशाखाको अनुसार आज दिउँसा प्रदेश नं. १ का पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली हुने सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं. १ को हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ महाशाखाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);