उपत्यकासहित देशका अधिकांश भागमा चिसो बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

उपत्यकासहित देशका अधिकांश भागमा चिसो बढ्यो

chiso

काठमाडौंको न्यूनतम तापक्रम २.३ डिग्री सेल्सियस

काठमाडौं, २ पुष । पछिल्ला दिनहरुमा उपत्यकासहित देशका अधिकांश भागमा चिसो बढेको छ । पुस महिनाको सुरुआतसँगै चिसो ह्वात्तै बढेको हो ।

बिहीबार काठमाडौंको न्यूनतम तापक्रम २ दशमलव ३ डिग्री सेल्सियसमा झरेको छ । यसअघि मंगलबार काठमाडौंको न्यूनतम तापक्रम २ दशमलव ८ डिग्री रहेको थियो । यस्तै पूर्वी तथा पश्चिमी नेपालको तराई भू–भागमा हुस्सु–कुहिरो लागेको छ ।

दिउँसो प्रदेश नम्बर १ तथा गण्डकी प्रदेशको पहाडी भू–भागहरूमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १ तथा गण्डकी प्रदेशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम विद्को भनाई छ ।

राती देशका पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । आगामी शनिबार सम्म देशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भाग भने मौसम सामान्य रहने महाशाखाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);