Our Network

वैशाख २९ २०७८, बुधवार

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं, ८ फागुन । आगामी तीन दिन देशको अधिकांश भू–भागमा मौसम सफा हुने भएको छ । पछिल्लो तापक्रम बढ्न थालेसँगै केही दिन निरन्तर मौसम प्रभावित हुने तथा केही दिन सफा हुनेक्रम चलिरहने र आगामी तीन दिन देशभर मौसम सफा भई राम्रोसँग घाम लाग्ने छ ।

पछिल्लो केही दिनयता दिउँसाे र साँझ मौसम बदली भई हल्का वर्षा भएको थियो । प्रि–मनसुनको समय नजिकिएकै कारण अपराह्न तथा साँझपख मौसममा परिवर्तन भएको मौमसविद्को भनाइ छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागको मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो प्रदेश नं १, बागमती, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आइतबार देशका पहाडी भू–भागमा आंशिक बदली भई बाँकी क्षेत्रमा मौसम सफा रहने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम पाँच दशमलव तीन डिग्री र अधिकतम तापक्रम २२ दशमलव सात डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

Leave a Reply