कस्तो रहला तीन दिनसम्म नेपाली आकाश | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

कस्तो रहला तीन दिनसम्म नेपाली आकाश

काठमाडौं, १९ माघ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। अहिले देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ । देशका तराईका केही भू–भागहरूमा हल्का हुस्सु लागेको छ ।

जल तथा मौसम विभागका अनुसार आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
आज राति प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ ।

त्यस्तै, माघ २० गते (शुक्रबार) दिउँसो देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । भोलि राति प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ।

यसैगरी माघ २१ गते (शनिबार) दिउँसो प्रदेश नं. १ लगायत देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै, शनिबार राती प्रदेश नं. १ र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागहरूमा पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);