महाशिवरात्रिमा पानी पर्ने सम्भावना छैन् : मौसम विभाग | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

महाशिवरात्रिमा पानी पर्ने सम्भावना छैन् : मौसम विभाग

काठमाडौं, ५ फागुन । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विभाग महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश नं १ का पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी आज राती देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

भोलि (शनिबार) देशभर महाशिवरात्रि पर्व मनाइदैछ । शविरात्रिमा पनि पानी पर्ने सम्भावना देखिएको छैन् । महाशाखाका अनुसार भोलि दिउँसो प्रदेश नं १ को पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै, शनिबार राति प्रदेश नं १, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशका भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);