पर्सामा ४ लाख ७० हजार मूल्य बराबरको अवैध कुखुरा बरामद | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पर्सामा ४ लाख ७० हजार मूल्य बराबरको अवैध कुखुरा बरामद

नितेश कर्ण
पर्सा, ८ फागुन ।
पर्साको धोबिनि गाउँपालिका अन्तर्गत पर्ने आश्वारीबाट सशस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रुपमा ल्याईएका कुखुरा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिखमपुरको टोलीले शुक्रवार राती ३ वटा मोटरसाइकलमा लोड गरी अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा कुखुरा बरामद गरेको हो ।

सशस्त्र प्रहरी निरिक्षक किसमान तामाङ्गको नेतृत्वमा खटिएको टोलीले ४ लाख ७० हजार मूल्य बराबरको ३ सय ५० किलो कुखुरा बरामद गरेको हो । सशस्त्र प्रहरी बेस क्याम्प भिखमपूरका अनुसार बरामद कुखुरा स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, सञ्चारकर्मी लगायतको रोहबरमा नष्ट गरिएको छ ।

भारतमा बर्ड फ्लुको संक्रमण देखिएपछि नेपाल सरकारले भारतबाट कुखुरा तथा कुखुराजन्य वस्तुको आयातमा रोक लगाएको छ । तर दिनहुँजसो भारत बाट अबैध रुपमा कुखुरा तस्करी बढीरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);