झापामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

झापामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

motercycle durghatana

उत्तम रिजाल
झापा, ८ फागुन ।
झापामा मोटरसाईकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । शुक्रबार साँझ मेचीनगर १३ स्थित पुर्व–पश्चिम राजमार्गको चारआलीमा मे ११ प ४४७८ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउदै गरेको मे ११ प ११३१ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा घाईते भएका मे ११ प ४४७८ नम्बरको मोटरसाईकल चालक अनन्त आचार्यको बीएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको छ भने अर्को मे ११ प ११३१ नम्बरको मोटरसाईकलमा सवार दुईजना घाईतेहरुको सोहि अस्पतालमा उपचार भईरहेको छ ।

दुवै मोटरसाईकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);