झापामा सडक दुर्घटनाबाट २ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

झापामा सडक दुर्घटनाबाट २ जनाको मृत्यु

death

झापा, २९ फागुन । झापामा आज भएको सडक दुर्घटनाबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिकाका २७ बर्षीय सरोज कार्की र बाह्रदशी गाउँपालिकाकी ४३ बर्षीया कलसावती राजबंशी छन् ।

कमल गाऊपालिका–१ बालुबारी स्थित क्याम्पा सरङपाडा सडकमा पौने १० बजे ना १ त ६१६५ नम्बरको ट्रिपरले बिपरित दिशाबाट आउँदै गरेको मे३प ३७४७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक शिवसाताक्षी–४ का २७ बर्षीय कार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रिपर र चालक सोही स्थान बस्ने चित्र कार्की प्रहरीको नियन्त्रणमा रहेका छन् । त्यस्तै झापा बाह्रदशी गाऊपालिका–५ कनकन मार्गमा सााढे १ बजे मे ११ प ८४५१ नम्बरको स्कुटी अनियन्त्रित भई दुर्घट्ना हुदाँ स्कुटी चालक सोही स्थान बस्ने ४३ बर्षीया कलसावती राजबंशी घाइते भएकी थिइन् ।

उनको उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा सबाँ २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);