ट्रकको ठक्करबाट २ जनाको मृत्यु, ४ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

ट्रकको ठक्करबाट २ जनाको मृत्यु, ४ जना घाइते

उत्तम रिजाल
झापा, २० फागुन ।
झापाको कनकाई नगरपालिका–४ स्थित पुर्व–पश्चिम राजमार्गमा ट्रकले कार र मोटरसाईकललाई ठक्कर दिदाँ २ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् ।

बुधबार दिउँसो साढे ३ बजे को १ ख १६८४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा बिपरित दिशाबाट आउदै गरेको प्र १–०१–००१ च ०१६७ नम्बरको कार र प्र १–०१–०१३ प १७८३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ कारमा सवार सुनसरी धरान–१६ का २८ बर्षीय चालक दिपक क्षेत्री र सोलुखुम्बुको पासाङल्यामु गाउँपालिका–१ का ३० बर्षीय दिलिप राना मगरको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भिर घाइते भएका उनीहरुको उपचारका क्रममा बीएण्डसी अस्पताल विर्तामोडमा ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

कारमा सवार दिलिप राना मगरको श्रीमती ३० बर्षीय अन्जु मगर, सोलुकै ३० बर्षीय सुरेश मगर र मोटरसाईकलमा सवार झापा शिवसताक्षी २ का ३९ बर्षीय ज्ञान बहादुर कसाई तथा उनको श्रीमती ३० बर्षीया सोनम श्रेष्ठ घाईते भएका छन् । उनीहरुको बीएण्डसी अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ट्रक र ट्रक चालक मोरङ विराटनगर–१५ बस्ने प्रेम बहादुर वाईबा प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);