मोरङमा ट्रकको ठक्करबाट २ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

मोरङमा ट्रकको ठक्करबाट २ जनाको मृत्यु

motercycle durghatana

उत्तम रिजाल

झापा, ९ फागुन । ट्रकको ठक्करबाट मोरङमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको उर्लाबारी नगरपालिका–८ का २३ वर्षीय प्रदिप धामी र २२ बर्षीय सुदिप भुजेल छन् ।

शनिबार बेलुका साढे ७ बजे उर्लाबारी नगरपालिका–४ स्थित पुर्व–पश्चिम राजमार्गमा प्र १–०१–००१ क १०३५ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको को ३१ प ५१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार धामी र भुजेल गम्भिर घाइते भएका थिए ।

घाइते दुबैको अरनीको अस्पताल उर्लाबारीमा उपचारको क्रममा रातको सवा ८ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

ट्रक र ट्रक चालक झापा कमल गाउँपालिका बस्ने भिम बहादुर दाहाल प्रहरी नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);