पाल्पा रामपुरका कृषक जै घाँसलाई खेतीका रुपमा बिस्तार गर्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८०, आइतबार

पाल्पा रामपुरका कृषक जै घाँसलाई खेतीका रुपमा बिस्तार गर्दै

पाल्पा ९ फागुन । पाल्पाको रामपुरका स्थानियहरुमा पछिल्लो समय व्यवसायिक घास खेतिको आकर्षण बढेको छ । दुग्ध उत्पादनका लागि पशुपालनको प्रचुर संभावना बोकेको रामपुर फाँटमा व्यवसायिक घास खेतिको आकर्षण बढदै गएको छ ।

व्यवसायिक पशुपालन गर्ने कृषकहरुलाइ अन्य घासको तुलनामा जै घास अत्यन्त उपयोगी हुने कात्तिकमा लगाएपछि फागुन चैत सम्मको अवधीमा तिन पटक सम्म काट्न सकिने त्यसै माथि पशुका लागि आवश्यक पोषक तत्व पाइने भएकाले यस खेति तर्फ आकर्षण बढेको कृषक बताउँछन । तीन वर्ष अगाडि कृषक भगवती आचार्यले अन्न वाली उब्जने खेतमा जै घास लगाउदा सबैले गाली गरेका थिए ।

कसैले भन्दै थिए बुद्धी बिग्रिएपछि यस्तै हुन्छ । बिगतका दिनका खेतमा घास लगाउदा गाली गर्ने सबैले आज आफुले भन्दा बढि क्षेत्रफलमा लगाएको भगवति बताउछिन । रामपुर तथा गण्डकी बेशीमा मात्र यसको ५ सय रोपनी क्षेत्रफलमा व्यवसायिक रुपमा खेति गरिएको छ । यहि बाट जिल्लाको सर्देवा अर्गली बौघागुम्वा दोभान जस्ता धेरै गाउ बस्तीमा व्यवसायिक रुपमा खेति गरिएको पशु चिकित्सक डाक्टर चन्द्र राना बताउछन ।

खेतीका रुपमा लगाईएको जै घाँस शहकारी सस्थाले प्रति के.जी ७० रुपैयाका दरले खरिद गर्ने गरेकाले कृषकहरुले घाँसको विक्रि बाट मनग्ये आम्दानी गर्ने गरेकाछन । रामपुरका कृषकहरुलाई व्यवसायिक घास खेति तर्फ प्रोत्साहान गर्न कठिन भएको सहकारीका अध्यक्ष कृष्ण कुमार अर्याल बताउँछन । पहिला पहिला बुझाउन कठिन भएको थियो ।

अब सबै व्यवसायिक भए । उनले भने । यहाँ उत्पादित जै घाँसको बिउ नेपालगन्ज दाड्ड प्युठान लगायतका विभिन्न ठाउँहरुमा विक्रि हुने गरेको छ । सहकारी मार्फत हुने जै घासको बिउ विभिन्न ठाउँहरुमा पर्याउने गरिन्छ । सहकारीका अध्यक्ष कृष्ण कुमार अर्यालका अनुसार जै घाँसको बिउको विक्रि बार्षिकरुपमा ३० देखी ४० लाख सम्मको हुने गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);