हरियो घाँसबाट व्यवसायिक गुन्द्रुक उत्पादन गरिदैं | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

हरियो घाँसबाट व्यवसायिक गुन्द्रुक उत्पादन गरिदैं


पाल्पा,५ मंसिर । गुन्द्रुक भन्ना साथ सागबाट बनाईएको तरकारीका रुपमा प्रयोग गर्ने बस्तु हो भन्ने मात्र बुझिन्छ । तर पाल्पामा भने हरियो घाँसबाट गाई भैँसीलाई खुवाउने गुन्द्रुकको व्यवसायिक उत्पादन थालिएको छ ।पाल्पामा गाईस्तुका लागि अत्यन्त उपयोगी ठानिने घाँसको गुन्द्रुकको पहिलो पटक व्यवसायिक उत्पादनको सुरुवात गरिएको छ ।

सुख्खा मौसममा समेत हरियो रहने, हरियो घासमा पाइने भिटामिन तत्व समेत नष्ट नहुने गरी निर्मित घाँसको गुन्द्रुक गाईबस्तुका लागि निकै पोषिलो मानिन्छ । पशुलाई पोषिलो खाद्य वस्तुका रुपमा गुन्द्रुकको प्रयोग र माग वृद्धिसगै जिल्लाको रामपुर क्षेत्रमा व्यवसायिक रुपमा मकै र सुपर नेपिएर घाँसको व्यवसायिक खेति गरिएको छ । कलिलो मकैको बिरुवा र कलिलो सुपर नेपिएरको घाँसलाई मेसिनले मसिनो गराइ प्याकिङ गरिएको गुन्द्रुक दैनिक १५ टन उत्पादन हुने गरेको छ ।

उत्पादित गुन्द्रुक प्रति केजी १२ रुपैंयाका दरले स्थानिय बजारदेखि अन्य जिल्लाका व्यवसायिक पशु फार्महरुमा खपत हुदैँ आएको छ । बस्तुका लागि बहु उपयोगी खाद्य बस्तुका रुपमा प्रयोग हुने गुन्द्रुकमा १८ प्रतिशत प्रोटिन हुने कृषकको भनाई छ । पछिल्लो समय व्यवसायिक पशु फार्मप्रति किसानहरुको आकर्षण बढे पनि हरियो घाँसको खेति कम भएको अवस्थामा यस्ता खाद्य बस्तुमा प्रोटिन तथा भिटामिन भएकाले यसको प्रयोगसगै रामपुर क्षेत्रमा व्यवसायिक घाँस खेतिको थालनी भएको हो ।


यस्ता उद्योगको स्थापनाले व्यवसायिक पशु फार्मसगै स्थानिय तहमा रोजगारीको बलियो संभावना देखिएकोले यस तर्फ सरकारको ध्यान केन्द्रित हुनु आवश्यक छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);