हेटौंडाको गुन्द्रुकलाई सरकारी मान्यता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

हेटौंडाको गुन्द्रुकलाई सरकारी मान्यता

काठमाडौं,२७ चैत्र । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा उत्पादन भएको गुन्द्रुकले सरकारी गुण स्तर मान्यता प्राप्त गरेको छ । हेटौंडा–१२ घलेगाउँमा रहेको कञ्चनजंघा कृषि सहकारी संस्था लघु उद्यमी उद्योगले उत्पादन थालेको अर्गानिक गुन्द्रुक प्रयोगका लागि सरकारी गुणस्तर मान्यता प्राप्त गरेको हो ।

लघु उद्यमीहरूले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि उपयुक्त भएको भन्दै हेटौंडास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुज्ञापत्र दिएको सोमबार उपमहानगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । उपमहानगरको लगानीमा सञ्चालन गरिएको तालिमबाट उद्यममा लागेका साना व्यवसायीमध्ये गुन्द्रुक उद्योगले पहिलो पटक सरकारी गुणस्तर मान्यता प्राप्त गरेको जनाइएको छ ।

सरकारी मान्यता प्राप्त गरेसँगै जिल्लाभित्र र बाहिरी सहरमा बिक्रीका लागि बाटो खुलेको छ । करिब चार महिना लामो परीक्षण र निगरानीपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गुन्द्रुक प्रयोगका लागि योग्य रहेको भन्दै अनुज्ञापत्र दिएको हेटौंडा उपमहानगरपालिले जनाएको छ । उपमहानगरपालिकाको १ लाख रुपैयाँबाट थालेको अर्गानिक साग उत्पादन गरी यो गुन्द्रुक बनाइएको हो ।

उपमहानगर नगरको पैसा र सहकारीको ८० हजार रुपैयाँबाट १५ कठ्ठा जमिन भाडामा लिएर साग लगाइ गुन्द्रुक उत्पादन थालिएको हो । उपमहानगरको उद्योग शाखाको तथ्यांक अनुसार उपमहानगरले ८ सयभन्दा बढीलाई विभिन्न प्रकारका तालिम दिए पनि अहिले २ सय ६८ जना उद्यममा जोडिएको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);