बाँकेको मध्यपश्चिम पानी उद्योगलाई २ लाख जरिवाना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बाँकेको मध्यपश्चिम पानी उद्योगलाई २ लाख जरिवाना

pani jariwana

नेपालगञ्ज, १० साउन । वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जले एक पानी उद्योगलाई जरिवाना गरेको छ । शुक्रबार भएको अनुगमनको क्रममा गुणस्तरहिन पानी उत्पादन र बिक्री वितरण गरेको पाइएको भन्दै बाँकेको बैजानाथ गाउपालिका-५ मा रहेको मध्यपश्चिम पानी उद्योगलाई २ लाख जरिवाना गरिएको वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईंले जानकारी दिनुभयो ।

चौलागाईंका अनुसार उद्योगलाइ पानीको गुणस्तर सुधार गरि पुनः परिक्षण गराई प्रतिवेदन पेश गर्न निर्देशन दिइएको जानकारी दिनुभयो । गुणस्तर सुधार भएको प्रतिवेदन प्राप्त भएपछि मात्र उत्पादन तथा बिक्रीवितरण गर्न दिइने उहाँले दिनुभयो ।

मध्यपश्चिम पानी उद्योगलाई तत्काल र २ लाख जरिवाना गरिएको हो ।

शुक्रबार भएको बजार अनुगमनमा कार्यालयका प्रमुख कृष्ण प्रसाद पौड्याल, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिशचन्द्र शर्मा, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका निरिक्षण अधिकृत नेत्रा बोगटी लगायतको सहभागिता रहेको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);