जिल्ला प्रशासन कार्यालय पर्साद्धारा बीरगञ्ज बजारका विभिन्न पसलमा अनुगमन | ईमाउण्टेन समाचार

Our Network

साउन २२ २०८३, शनिबार

जिल्ला प्रशासन कार्यालय पर्साद्धारा बीरगञ्ज बजारका विभिन्न पसलमा अनुगमन

पर्सा, १३ फागुन । जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलको नेतृत्वमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, उपभोक्ता हित संरक्षण मंच पर्सा, बीरगञ्ज उद्योग वाणिज्य संघ, पत्रकार महासंघको प्रतिनिधि सहितको सयुंक्त टोलीले बिहीबार बीरगञ्ज बजार अनुगमन गरेको हो ।

बजार अनुगमन गर्ने क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम उपभोक्ता ठगी गर्ने तीन फर्मलाई तत्काल जरिवाना गरिएको छ । बीरगञ्ज महानगरपालिका–१० स्थित आई नेट प्रा.लि. लाई मूल्य सूची नराखेकोले ५० हजार रुपैँया जरिवाना गरिएको थियो भने सोही वडामा रहेको आदित्य ईन्फोटेक, बीरगञ्जले खरिद बिल नदेखाएकोले २० हजार रुपैँया र महानगरपालिकाको वडा न.९ स्थित गगन ट्रेडिङ्ग हाउसले वास्तविक मूल्य भन्दा बढीमा सामान बिक्री गरिरहेकाले २ लाख रुपैँया जरिवाना गरिएको छ ।

उक्त जरिवाना रकम ७ दिन भित्र राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्न निर्देशन दिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बीरगञ्ज पर्साका सूचना अधिकारी दिलिप खंग खत्वेले जानकारी दिए ।

Leave a Reply

ताजा समाचार