चाडपर्व लक्षित बजार अनुगमनमा तिव्रता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

चाडपर्व लक्षित बजार अनुगमनमा तिव्रता

काठमाडौं, १० असोज । सरकारले दशैं लगायतका चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई तिव्रता दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्व लक्षित विभिन्न १० वटा टोली गठन गरी विशेष बजार अनुगमन सुरु गरेको हो ।

विभागका टोलीले खाद्यान्न, इन्धन, लत्ताकपडा, माछामासू, तरकारी, फलफूल लगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गर्ने छन् । विभागले सबै अनुगमन टोलीलाई भूगोल नै ताकेर अनुगमन सुरु गर्न निर्देशन दिइएको विभागका प्रवक्ता रविन्द्र आचार्यले बताउनुभयो ।

विशेष गरि काठमाडौंको कलंकी, बालाजु, बुढानिलकण्ठ, महाराजगञ्ज, चावहिल, कोटेश्वर तथा भक्तपुर र ललिपपुरमा समेत क्षेत्र तोकेर टोली परिचालन गरिएको प्रवक्ता आचार्यको भनाई छ ।

बजार अनुगमन व्यवसायीहरुलाई आतंक फैलाउने र तत्काल जरिवाना गरेर तर्साउने उद्देश्यले सुरु नभएको पनि प्रवक्ता रिजालले स्पष्ट पर्नुभयो । उहाँले बढी मूल्य लिने, मूल्य सूची नराख्ने,गुणस्तरीय वस्तु विक्री वितरण नगरी उपोभोक्ता ठग्ने व्यापारीलाई मात्र अनुगमनको क्रममा कारवाहीको दायरामा ल्याउने बताउनुभयो ।

त्यस्तै काठमाडौं महानगर पालिकाले पनि अनुगमन टोली खटाएर अनुगम गरिरहेका छन् । महानगरपालिकाका अनु्गमन टोलीका अनुसार काठमाडौं महानगरपालिकाले दिनहुँ विहान दिउँसो र साँझको समयमा छड्के अनुगमन गरिरहेको छ ।

त्यस्तै राष्ट्रिय उपभोक्ता मन्च नेपालले पनि चाडवाडलाई लक्षित गरेर उपत्यका लगायत सबैजिल्लाका अनुगमनमा सक्रियरुपमा काम गरिरहेको अध्यक्ष प्रेमलाल महर्जनले बताउनुभयो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);