चाड पर्वलाई लक्षित गर्दै विशेष बजार अनुगमन सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौं, २२ असोज ।  आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले चाड पर्वलाई लक्षित गर्दै विशेष बजार अनुगमन सुरु गरेको छ ।

विभागले तिहारलाई लक्षित गर्दै खाद्यान्न, मिठाई, ध्यु तेल र लत्ता कपडामा अनुगमन सुरु गरेको हो । आईतबारदेखि सुरु भएको विशेष बजार अनुगमनमा विभिन्न क्षेत्रका लागि चार वटा टोलि खटाईएको छ । विभागले पत्रकार, विषय विशेषज्ञ सहितको टोलि बजार अनुगमनमा खटाएको हो । विशेष गरेर चाडवाडको अवसरमा अखाद्य वस्तु विक्रि हुने, अधिकतम मुल्य भन्दा बढी मुल्य लिने जस्ता क्रियाकलापबाट उपभोक्ता मारमा पर्ने गरेको यथार्थलाई मध्यनजर गर्दै विभागले बजार अनुगमन सुरु गरेको हो ।

विभागले राजधानी काठमाण्डौ र बारा पर्साका औद्योगिक करिडोर क्षेत्रमा बजार अनुगमन गर्ने जनाएको छ । आईतबारदेखि काठमाण्डौमा अनुगमन सुरु गरेको विभागले सोमबारदेखि बारा पर्साका औद्योगिक करिडोरमा पनि अनुगमन गर्ने महानिर्देशक कुमार प्रसाद दाहालले जानकारी दिए ।

ब्राण्डेड बजारको नामले चिनिने दरबारमार्ग क्षेत्रका पसलमा दशै अघि गरेको बजार अनुगमन र कारवाही प्रक्रियाका बारेमा संचारकर्मीको जिज्ञासामा महानिर्देशक दाहालले सबै अनुगमनमा दण्डात्मक हिसावले जान नसकिने भएको जनचेतनाको रुपमा पनि लिनुपर्ने उल्लेख गरे । उनले कारवाही हुने गरेपनि फितलो भएको भने स्वीकार गरका छन् ।

हरेक बर्ष चाडपर्वलाई लक्षित गर्दै विभागले बजार अनुगमनलाई तिब्रता दिएपनि कारवाही भने फितलो हुने गरेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);