निषेधाज्ञामा बजार अनुगमन नियमित भएको विभागको भनाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

निषेधाज्ञामा बजार अनुगमन नियमित भएको विभागको भनाई

काठमाडौं, २३ भदौ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निषेधाज्ञाको समयमा पनि नियमित अनुगमन गरिरहेको बताएको छ । विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले निषेधाज्ञाको अवस्थामा अनुगमनमा जान असहज परिस्थिति भएपनि जनगुनासोलाई सम्बोधन गर्न नियमित रुपमा बजार अनुगमन गरिएको बताउनुभयो ।

उहाँले कुनैपनि उपभोक्तालाई खाद्य वस्तुको स्वच्छता र गुणस्तरको बारेमा शंका लागेको खण्डमा फोनबाटै उजुरी दिएमात्रै पनि तत्काल अनुगमनमा जाने व्यवस्था मिलाइएको बताउनुभयो । कोभिडको अवस्थामा पसल, व्यवसाय कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा समेत मापदण्ड तयार गरी सोही अनुसार अनुगमनलाई निरन्तरता दिइएको पनि प्रवक्ता महर्जनले बताउनुभयो ।

निषेधाज्ञाको अवस्थामा आवागमनमा असहज हुँदा विभागमा ५० प्रतिशत कर्मचारी आउने गरेका छन् । तरपनि विभागले नियमति अनुगमनको कार्यलाई नरोकेको महर्जनले स्पस्ट पार्नुभयो । विभागले लकडाउन सुरु भएयता खाद्य पदार्थको गुणस्तर सम्बन्धी गुनासोबाट खाद्य पसल, गोदाम, खाद्य उद्योगहरु तथा तरकारी फलफूल बजारको ११० पटक ३ सय भन्दा बढी खाद्य व्यवसायहरुमा निरीक्षण अनुगमन गरेको छ ।

यसबाहेक कोभिड महामारीको अवस्थामा अपनाउनुपर्ने सावधानी बारे जानकारी तथा सचेतना समेत गराउँदै आएको छ । विभागले कोभिड महामारीको अवस्थामा आकस्मिक निरीक्षण एवं जनगुनासो सम्बोधन तथा प्रयोगशाला जाँच विश्लेषणका लागि ‘¥यापिड रेस्पोन्स टिम’ गठन गरी निरीक्षण अनुगमन तथा प्रयोगशाला विश्लेषण गर्दै आएको प्रवक्ता महर्जनले बताउनुभयो ।

लकडाउन र निषेधाज्ञाका कारण कार्यालयमा कम कर्मचारी उपस्थित हुने भएकाले उपभोक्ताको उजुरीका आधारमा अनुगमन गरिएको र कुनैपनि व्यवसायीले उपभोक्ताको स्वास्थ्य माथि खेलवाड नगरोस भन्ने उद्देश्य सहित अनुगमनलाई नियमित पारिएको उहाँको भनाई छ । उपभोक्ताले शंका लागेको खण्डमा विभागको वेबसाइटमा उपलब्ध फोन नम्बर मार्फत जुनसुकै समयमा पनि उजुरी गर्न सकिने प्रवक्ता महर्जनले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);