भिरबाट खसेको ढुंगाले लागेर एक युवकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८०, शनिबार

भिरबाट खसेको ढुंगाले लागेर एक युवकको मृत्यु

बाजुरा, २३ भदौ । बाजुराको बुढीनन्दा नगरपालिकामा मँगलबार बिहान ढुगां लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका ३ घर भएका अन्दाजी २८ बर्षिया जगत रोकाया रहेका छन् ।

सोही नगरपालिकाको वडा नं. ३ नुरीमा रहेको धुपागाड खोलामा रहेको खानेपानीको पाईप लाईन मर्मत गर्ने क्रममा युवक रोकायाको मृत्यु भएको हो । खोलामा गएर पाईप लाईन मर्मत गर्ने क्रममा एक्कासी भिरबाट खसेको ढुगां लागेर रोकायाको मृत्यु भएको हो ।

भिरबाट खसेर लागेको ढुगांलो घटनास्थलमै मृत्यु भएको स्थानीय पदम रोकायाले जानकारी दिनुभएको छ । मृत्यु भएको खबर पाएपछि बुढीन्दा नगरपालिका २ कोल्टीमा रहेको ईलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक शेरबहादुर कुँवरको टोली घटना स्थल तिर गएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);