मोरङमा करेन्ट लागेर २ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

मोरङमा करेन्ट लागेर २ जनाको मृत्यु

current

झापा, २२ कार्तिक । मोरङको दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । पथरीशनिश्चरे नगरपालिका–८ शुक्रवारेमा बिजुलीको काम गर्ने क्रममा करेन्ट लागेर सुनसरी रामधूनी–८ का ४५ बर्षीय सबुरलाल चौधरीको मृत्यु भएको हो ।

शुक्रवार बेलुका ६ बजेको समयमा पथरीशनिश्चरे–८ का राज नारायण चौधरीको घरमा बिजुलीको काम गर्ने क्रममा करेन्ट लागेर घाईते भएका चौधरीलाई उपचारको लागी मोरङ अस्पताल पथरी पठाईएकोमा उपचारको क्रममा बेलुका साँढे ६ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

त्यस्तै शुक्रवार दिउँसो पौने ३ बजेको समयमा उर्लावारी नगरपालिका–९ मावा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा स्थानीय ३५ बर्षीय बिनोद परियारको मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।

माछा मार्ने क्रममा करेन्ट लागी घाईते भएका परियारलाई उपचारको लागी अरनिको अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);