करेन्ट लागेर दुई जनाको मृत्यु  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

करेन्ट लागेर दुई जनाको मृत्यु 

current

काठमाडौं। सिन्धुपाल्चोक र सिन्धुलीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ जम्बुमा सोही नगरपालिका–८ बस्ने २१ वर्षीय दिपक भण्डारीको बुधबार साँझ करेन्ट लागेर मृत्यु भएको छ । त्रिवेणी ब्रमायणी कन्ट्रक्सन प्रालिको स्काईभेटरकको बकेट उठाई  डिजेल हाल्ने क्रममा बिजुलीको तारमा बकेटले छुन जाँदा करेन्ट लागी उनको मृत्यु भएको हो । सिन्धुलीको दुधौली नगरपालिका–७ सिमराई बस्ने ३४ वर्षीया सबिना बिकको बुधबार करेन्ट लागेर मृत्यु भएको छ ।

ठुलोबुबाको घरबाट आफ्नो घर फर्कने क्रममा बाटोमा लत्रिएको पुरानो तारमा छोएर करेन्ट लाग्दा उनी गम्भीर घाइते भएकी थिइन् । उनको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

PreviousNext

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);