करेन्ट लागेर १ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

करेन्ट लागेर १ जनाको मृत्यु

current

उदयपुर। उदयपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको कटारी नगरपालिका– ६ रिस्कुमा करेन्ट लागेर १९ वर्षिय बिपिन विकको ज्यान गएको हो । सिन्धुलीको दुधौली नगरपालिका–१४ घर भई कटारी नगरपालिका–६ रिस्कुस्थित साथी राज मगरको घरमा गएका १९ बर्षीय बिपिन विकको करेन्ट लागेर ज्यान गएको हो।

मंगलवार दिउँसो १ बजे मल्टिप्लकमा मोवाईलको चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका विकलाई उपचारको लागि कटारी अस्पताल लगेकोमा उनको उपचारको क्रममा ज्यान गएको  ईलाका प्रहरी कार्यालय कटारीले जनाएका छन ।

प्रहरीले घटनाको  बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);