खोला तर्ने क्रममा बगाएर मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

खोला तर्ने क्रममा बगाएर मृत्यु

उदयपुर। त्रियुगा खोलाले बगाएर उदयपुरमा एक पुरुषको मंगलवार मृत्यु भएको छ । त्रियुगा नगरपालिका ७ तिलबारी कौवाईका ५० वर्षीय बौवा चापागाईंको खोला तर्ने क्रममा ज्यान गएको हो ।  बजारबाट घर फर्किने क्रममा त्रियुगा खोला तर्ने क्रममा बाढीले बगाएर चापागाईंको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका निमित्त सूचना अधिकारी प्रहरी निरिक्षक मोहन थापाले बताए । बजारबाट घर फर्कदा बगाएर झन्डै ५० मिटर तल पु¥याउँदा घटनास्थलमै उनको ज्यिान गएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।

थापाका अनुसार स्थानीयबासीले  कौवाईस्थित त्रियुगा पुलनजिक लडेको देखेर  निकाल्दा उनको ज्यान गई सकेको थियो । घटनास्थलको मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको थापाले बताए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);