करेन्ट लागेर बारामा एक युवकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

करेन्ट लागेर बारामा एक युवकको मृत्यु

श्याम गुप्ता
बारा, ७ चैत ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.५ बकुलिया स्थित मकै बारीमा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ । स्थानीय जयनारायण चौधरीका ३० वर्षीय छोरा उपदेश चौधरीको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।

बिहान करिब साँढे ६ बजेको समयमा शौच गर्नका लागि स्थानीय दिपनारायण चौधरीको मकैको खेतमा प्रवेश गर्ने क्रममा करेन्ट लागेको थियो । दिपनारायणले खेत नजिकै रहेको उनको आफ्नै घरबाट जीआई तारले खेतमा घेराबन्दी गरेर करेन्ट प्रवाह गरेका थिए ।

मकै बालीमा जंङ्गली तथा घर पालुवा जनावर पस्ने गरेकोमा बाली सुरक्षा गर्ने उद्देश्यले जीआई तारले मकै बारी घेरेको दिपनारायणका परिवार जनले जनाएका छन् ।

यता करेन्ट लागेर मृत्यु भएको देखेर वडा नं.५ का वडाध्यक्ष मोहित चौधरीले प्रहरीमा खबर गरेका थिए । नियम वीपरित दिपनारायणले खेतमा तारबार गरेर करेन्ट प्रवाह गरेको र सो बिषयमा आफूलाई केही जानकारी नभएको वडाध्यक्ष चौधरीले बताए ।

यता गैर कानुनी रूपमा खेतमा तारबार गरेर करेन्ट प्रवाह गरेको आभियोगमा दिपनारायण चौधरीलाई आवश्यक कारावाहीका लागि प्रहरीको नियन्त्रणमा राखिएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);