नेपाल प्रेस युनियन जिल्ला शाखा गुल्मीको आकस्मिक बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

नेपाल प्रेस युनियन जिल्ला शाखा गुल्मीको आकस्मिक बैठक

गुल्मी, ६ चैत। गुल्मीमा पत्रकारको आकस्मिक बैठक स् पत्रकार महासंघ बिरुद्ध लड्ने नेपाल प्रेस युनियन जिल्ला शाखा गुल्मीको आकस्मिक बैठक बसेको छ । पत्रकारको सदस्यता सिफारिसमा विवाद भइरहेको भन्दै प्रेस युनियन जिल्ला शाखा गुल्मीको आकस्मिक बैठक बसेको युनियनका सचिव रमेश विश्वकर्माले जानकारी दिए ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका संस्थापक अध्यक्ष हरि कुमार श्रेष्ठ , पुर्व अध्यक्ष जनार्दन घिमिरे, पुर्व सचिव तारा भुषाल सहित गुल्मीका क्रियाशील पत्रकारहरुको उपस्थितिमा बसेको बैठकले मनपरी रुपमा गरिएको सदस्यता सिफारिस बिरुद्ध डटेर लड्ने र सकेसम्म सहमतिबाट अगाडि बढ्ने निर्णय भएको छ ।

आकस्मिक बैठकले नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका पदाधिकारीसँग छलफल गर्न नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका संस्थापक अध्यक्ष हरि कुमार श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ ।

जसमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका कार्यसमिति सदस्य रेशम कुँवर, पुर्व अध्यक्ष जनार्दन घिमिरे, पुर्व सचिव तारा भुषाल र कार्यसमिति सदस्य छबि पाण्डे रहेका छन् ।

साथै अब आउने नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको आशन्न जिल्ला अधिवेशनबाट महासंघमा प्रेस युनियनको नेतृत्व हुने गरी सबै पत्रकार तथा संघसंस्थासँग छलफल गर्ने निर्णय पनि भएको नेपाल प्रेस युनियन जिल्ला शाखा गुल्मीका अध्यक्ष रेशम कुँवरले जानकारी दिए ।

महासंघका अध्यक्षको मनपरी
नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष नवराज भूषालले मनपरी रूपमा पत्रकारको सदस्यता बितरण गरेका छन् । नेपाल पत्रकार महासंघको चुनाव यही चैत २५ गते हुने भएपनि गुल्मीमा सदस्यता बितरणमा अध्यक्षको मनपरीले विवाद भइरहेको छ ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष नवराज भूषालले कार्यसमितिका अन्य पदाधिकारीलाई जानकारी नगराईकन मनपरी गरी एकलौटी रूपमा सदस्यता सिफारिस गरेको कार्यसमिति सदस्य रेशम कुँवरले जानकारी दिए ।
“हामीलाई जानकारी नगराईकन अध्यक्षले मनपरी गरी सदस्यता दिएका छन् ।” कार्यसमिति सदस्य कुँवरले भने, “कसलाई सदस्यता दिइयो र दिने भन्ने बारे अध्यक्षले हामीलाई केही जानकारी गराएनन् ।”

हरेक कुरामा राजनीतिले गालेको हाम्रो समाजमा पत्रकार पनि राजनितिक पाटीका झोले बनेका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष नवराज भूषाल नेकपा एमालेका क्रियाशिल कार्यकर्ता हुन् । उनले सामाजिक संजालमा पत्रकारको पक्षमा भन्दा एमालेको पक्षमा बढी चाँसो राख्दछन् ।

पत्रकार महासंघको सदस्यताका लागि गुल्मीमा गएको साउन २३ गते ३१ जनाले निवेदन दिएका थिए । सदस्यता मात्र ८ जनालाई दिइएको छ । सदस्यता पाउनेमा उनको संस्थामा काम गर्ने ३ जना, उनको नजिक रहेर समर्थन गर्ने २ जना र क्रियाशिल ३ जना पत्रकारलाई मात्र सदस्यता दिइएको छ ।

राजनितिक रुपमा आफ्नो नजिक रहेर अघिपछि गर्ने र आसेपासेहरुलाई नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष नवराज भुषालले एकलौटी रुपमा सदस्यता दिएका हुन् । राजनीतिले महासघंलाई धमिलो पार्ने भूषाल प्रदेशमा सबै फाइल पठाएको भनेर उम्कने गरेका छन् । तर, प्रदेशमा रहेका पदाधिकारीहरुले फाइल नआएको प्रतिक्रिया दिएका छन् । गुल्मीबाट कागजपत्र पुगेको भन्नेमा मात्र ८ जना बनाएर पठाइएको थियो । अन्यलाई कागजपत्र नपुगेको भनेर पठाइएको छ । अचम्मको कुरा त एकैठाउँमा बसेर सबै कागजपत्र एउटै बनाएर पठाउँदा एउटाको सदस्यता आएको छ । भने अर्काको आएको छैन ।

सर्वसाधारण जनतालाई न्याय दिने, उनीहरुको आवाज बुलन्द पार्ने पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ गुल्मीको नेतृत्व गरेका नवराज भूषालले अन्य पत्रकार माथि नै अन्याय गरिरहेका छन् । राज्यको चौथो अङ्गको रुपमा रहेको पत्रकारको जिल्ला नेतृत्व गर्ने भूषालले यसबारे बुझ्न खोज्दा अन्य पत्रकारहरुलाई नै अपशब्द बोलेर गाली गर्दै आइरहेका छन् । उनको बोल्ने शैलीले गर्दा महिला पुरुष एकैठाउँमा बसेर उनको कुरा सुन्न सकिदैँन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);