महासंघ केन्द्रको साधारणसभा फागुनको ४ र ५ मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

महासंघ केन्द्रको साधारणसभा फागुनको ४ र ५ मा

सिन्धुपाल्चोक, ४ माघ । नेपाल पत्रकार महासंघ केन्द्रको साधारणसभा फागुनको ४ र ५ गते गर्ने निर्णय भएको छ ।

हेलम्बुको शेर्माथानमा बसेको केन्द्रीय समितिको बैठकले यो निर्णय गरेको हो। साधारणसभाको एक महिनापछि अधिवेशन गर्ने बैठकले सहमति गरेको छ । देशको बदलिँदो राजनीतिक परिवेशमा प्रेस स्वतन्त्रताको रक्षाका लागि सबैलाई अपिल गर्ने महाशाखाले निर्णय गरेकाअध्यक्ष गोविन्द आचार्यले जानकारी दिनुभयो । यस्तै जिल्ला शाखा सिन्धुपाल्चोकको साधारणसभा पनि माघ २४ लाई तोकिएको छ ।

आज बसेको शाखाको बैठकले यो निर्णय गरेको हो।शनिबार पत्रकार महासंघको टोली सिन्धुपाल्चोकको हेलम्बु पुगेको हो । शनिबार साँझ पत्रकार महासंघ जिल्ला शाखा सिन्चुपाल्चोकले पत्रकार महासंघको स्वागत स्वरुप रात्रिभोजको आयोजना गरेको थियो ।

महासंघको स्वागत गर्दै विभिन्न सांस्कृतिक झलकहरुको समते प्रदर्शन गरिएको थियो ।सोही अवसरमा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बुको समसामयिक विषयमा पत्रकारहरुलाई जानकारी गराउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);