पत्रकार महासंघले गर्‍यो थप आन्दोलनका कार्यक्रम घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

पत्रकार महासंघले गर्‍यो थप आन्दोलनका कार्यक्रम घोषणा

नेपाल पत्रकार महासंघ

काठमाडौं, ५ जेठ । मिडिया काउन्सिल सम्बन्धी विधेयकको बिरोध गर्दै आएको नेपाल पत्रकार महासंघले आन्दोलनमा थप कार्यक्रम सार्बजनिक गरेको छ । सरकारले संसदमा दर्ता गरेको बिधेयकका प्रावधान प्रेस स्वतन्त्रता कुण्ठित पार्ने किमिसको रहेको भन्दै महासंघ आन्दोलित बन्दै आइरहेको छ ।

महासंघको आइतवार बसेको केन्द्रीय समितिको बैठकले पहिलो चरणको आन्दोलन सकिंदा समेत माग सम्वोधनका लागि सरकारले कुनै पहल नगरेको भन्दै थप कार्यक्रम घोषणा गरेको हो । सोमवार जेठ ६ गतेदेखि २५ गतेसम्म जारी रहने गरी विभिन्न संघर्षका कार्यक्रम गर्ने निर्णय भएको महासंघद्वारा जारी बिज्ञप्तिमा जनाइएको छ ।

जेठ २४ गतेसम्म बिधेयकका सम्बनधमा महासंघका पूर्व अध्यक्षहरुसंग छलफल गर्ने, संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीहरुको ध्यानाकर्षण गराउने, सञ्चारमाध्यमका सम्पादकहरुसँग सञ्चार अभियान सञ्चालन गर्ने, अन्तरक्रिया गर्ने लगायतका कार्यक्रम तय गरिएको छ भने जेठ २५ गते राजधानीको बानेश्वरदेखि बरमहलसम्म मानव हातेसाङ्लो बनाई बृहत प्रदर्शन गर्ने जनाइएको छ । त्यसैगरी उपत्यका बाहिर प्रदेश राजधानीमा पनि सोही खालको प्रदर्शन गर्ने निर्णय भएको महासंघले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);