स्थगित भयो राष्ट्रिय जनगणना कार्यक्रम | ईमाउण्टेन समाचार

Our Network

असार १ २०८३, मंगलबार

स्थगित भयो राष्ट्रिय जनगणना कार्यक्रम

काठमाडौं । राष्ट्रिय जनगणना कार्यक्रम स्थगित भएको छ । आगामी जेठ २५ देखि असार ८ गतेसम्म गर्ने तयारी गरिएको राष्ट्रिय जनगणना कार्यक्रम स्थगित भएको हो ।

तर कोभिड–१९ संक्रमण तीब्र गतिमा फैलिएपछि सरकारले जनगणना कार्यक्रम स्थगित गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले तत्काललाई जनगणना कार्यक्रम स्थगित गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले जानकारी दिए ।

कोभिडको अवस्था हेरेर मात्र अर्को मिति तय हुनेछ । १९६८ सालदेखि नेपालमा जनगणना सुरु भएको हो । केन्द्रीय तथ्यांक विभागले हरेक १०–१० वर्षमा राष्ट्रिय जनगणना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

नयाँ भेरियन्टको कोभिड संक्रमण तीब्र फैलिएपछि देशमा ३० जिल्लामा पूर्ण र ११ जिल्लामा आंशिक निषेधाज्ञा जारी गरिएको छ । संक्रमणदर तीब्र गतिमा फैलिएकाले सरकारले जनगणना कार्यक्रम स्थगित गरेको हो ।

आइ.एन.ए

Leave a Reply

ताजा समाचार