माघ १ गतेबाट ‘राष्ट्रिय जनगणना २०७८’ को नमूना जनगणना सुरु गरिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

माघ १ गतेबाट ‘राष्ट्रिय जनगणना २०७८’ को नमूना जनगणना सुरु गरिने

काठमाडौं, ३ कात्तिक । ‘राष्ट्रिय जनगणना २०७८’ को नमूना जनगणना आगामी माघ १ गतेबाट सुरु हुने भएको छ । केन्द्रिय तथ्यांक विभागले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो राष्ट्रिय जनगणनाको नमूना जनगणना आगामी माघ १ गतेदेखि ३ महिनासम्म गर्ने जानकारी गराएको हो ।

सही तथ्यांक ल्याउने उद्देश्यका साथ सो नमूना जनगणना गर्ने गरी २०७८ सालको राष्ट्रिय जनगणनाको नमूना जनगणनाको कामलाई सूरु गर्न लागिएको पनि विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिनु भयो ।

सो नमूना जनगणनाका लागि सुपरीवेक्षण १५ जना, गणक ६० जना र अन्य ४७ जना गरी जम्मा १२२ जना जनशक्ति परिचालन गर्ने पनि विभागले जनाएको छ । सुपरीवेक्षण र गणक करारमा नियुक्त गर्ने योजना तय गरिएको पनि विभागका निर्देशक लामिछानेले बताउनु भयो ।

यस अघि शिक्षकहरुलाई जनगणनाको गणकको रुपमा नियुक्त गर्दै आएकोमा यस वर्षबाट विभागले शिक्षकहरुलाई यसमा परिचालन नगर्ने पनि स्पष्ट पारेको छ ।

सबै प्रदेशको २/२ जिल्लामा हुने सो नमूना जनगणनामा ११ हजार ६१० घर परिवार सहभागी हुने विभागको अनुमान छ । विभागले सो नमूना जनगणनाका लागि १ करोड १७ लाख बजेट लाग्ने अनुमान पनि गरेको छ । पत्रकार सम्मेलनमा विभागले राष्ट्रिय जनगणना २०७८ को लोगो तथा मूल नारा पनि सार्वजनिक गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);