राष्ट्रिय जनगणना बैशाख २६ गतेदेखि सुरु हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राष्ट्रिय जनगणना बैशाख २६ गतेदेखि सुरु हुने

काठमाडौं, १४ चैत । प्रत्येक दश वर्षमा हुने राष्ट्रिय जनगणना २०७८ बैशाख २६ गतेदेखि सुरु हुने भएको छ । केन्द्रीय तथ्यांक विभागले भक्तपुरमा आयोजित कार्यक्रममा दिईएको जानकारी अनुसार यो पटक दुई चरणमा जनगणना हुने छ ।

राष्ट्रिय जनगणना २०७८ मा तथ्यांक संकलनको कार्य पहिलो चरण वैशाख २६ गतेदेखि जेठ १४ सम्म जम्मा २० दिन र दोश्रो चरण २०७८ जेठ २५ गतेदेखि असार ८ गतेसम्म जम्मा १५ दिन हुने केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक डिल्लीराज जोशीले जानकारी दिए ।

तथ्यांक संकलनको क्रममा सुपरिवेक्षकहरुबाट प्रत्येक व्यक्तिको घरदैलोमा पुगी घर तथा घरपरिवार सूचीकरण फाराम मार्फत् घर र घरसम्बन्धी विवरण, परिवारमा अक्सर बसोबास गरेको परिवारका सदस्य संख्या, सम्बन्धी विवरण संकलन गर्नेछन् ।

यस वर्षको जनगणनाको नारा कोही नछुटून्, कोही नदोहोरिउँन् भन्ने रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);