राष्ट्रिय जनगणना–२०७८ को अन्तिम नतिजा आज प्रधानमन्त्रीले सार्वजनिक गर्दै | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

राष्ट्रिय जनगणना–२०७८ को अन्तिम नतिजा आज प्रधानमन्त्रीले सार्वजनिक गर्दै

rastriy janagadana

काठमाडौं, १० चैत्र । नेपाल सरकारले आज जनसंख्याको अन्तिम नतिजा सार्वजनिक गर्दैछ । राष्ट्रिय जनगणना, २०७८ को अन्तिम नतिजा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

तथ्यांक विभागले आज सोल्टी होटेलमा बिहान ८ बजे एक कार्यक्रमको आयोजना गरेर राष्ट्रिय जनगणनाअनुसार नेपालको जनसंख्याको आधिकारिक घोषणा गर्न लागेको हो ।

जनगणना प्रक्रियाअन्तर्गत देशभर खटिएका गणक र सुपरभाइजरबाट संकलित तथ्यांक प्रशोधन गरिएपश्चात विभागले विवरण तयार पारेको जनाएको छ ।

हरेक १० वर्षमा एकपटक हुने जनगणनाको श्रृंखलामा राष्ट्रिय जनगणना, २०७८ नेपालको १२औँ र २०७२ को संविधान जारी भएपछि संघीय गणतान्त्रिक प्रणालीको पहिलो गणना हो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);