राष्ट्रिय जनगणना २०७८ : ५४ हजार कर्मचारी परिचालन गरिने | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

राष्ट्रिय जनगणना २०७८ : ५४ हजार कर्मचारी परिचालन गरिने

rastriy janagadana

काठमाडौं, ४ कात्तिक । राष्ट्रिय जनगणना २०७८ का लागि ५४ हजार कर्मचारी परिचालन गरिने भएको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार जनगणनाका लागि करारमा कर्मचारी नियुक्त गरिने भएको हो । जनगणनाको विधि कर्मचारी घरघरमा पुगी तथ्यांक संकलन नै हुने विभागले बताएको छ । गणकले परिवारको सदस्यलाई भेट गरी, पेशा, धर्म, लिंग, शैक्षिक अवस्था जस्ता विषय सोध्नेछन् ।

जनगणनाबाट गरिबीको दर, बेरोजगारीको स्थितिजस्ता विषयको सही तथ्यांक संकलन हुनेछ । अस्थायी बसोवास गर्ने नागरिकको हकमा देशभित्र रहे गणकहरुमार्फत नै हुनेछ भने देशबाहिर रहे सम्बन्धित दुतावासमा जनगणक प्रतिनिधी खटाउने विभागको तयारी भएको विभागका महानिर्देशक नविनलाल श्रेष्ठले जानकारी दिएका छन् । समलिंगी, धर्म नै नमान्ने वर्गहरुको समेत जनगणनामा समावेश गर्नेबारे छलफल भैरहे पनि निचोडमा पुग्न नसकिएको उनको भनाइ छ ।

नमुना जनगणना माघ १ देखि

श्रेष्ठका अनुसार सही तथ्यांक बाहिर ल्याउनका लागि जनगणना अघि नमुना गणना गरिने भएको छ । माघ १ देखि चैत ३० गतेसम्म नमुना जनगणना गर्न लागिएको छ । नमुना जनगणनामा १२२ जना जनशक्ति परिचालन हुनेछन् । त्यसका निम्ति करारमा कर्मचारी नियुक्तीको प्रक्रिया केही दिनमा नै थाल्ने विभागको तयारी छ ।

सबै प्रदेशको २/२ जिल्लामा हुने सो नमूना जनगणनामा ११ हजार ६१० घर परिवार सहभागी हुने विभागको अनुमान छ । नमुना गणना प्रदेश १ को पाँचथर र मोरङ, प्रदेश २ को धनुषा र पर्सा, प्रदेश ३ को मकवानपुर र काठमाडौं, गण्डकी प्रदेशको बाग्लुङ र कास्की, प्रदेश ५ को रूपन्देही र प्यूठान, सुदूरपश्चिम प्रदेशको कैलाली र दार्चुला तथा कर्णाली प्रदेशको सुर्खेत र जुम्लामा हुनेछ । यो समाचार आजको अभियान दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);