काठमाडौं ।
ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले लामो समयदेखि अलपत्र परेका आयोजनाहरुलाई छिटो सम्पन्न गर्ने र यसैवर्ष पूरा हुने आयोजनामा बजेट विनियोजन गर्दा प्राथमिकता दिएको स्पष्ट पार्नुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकमा आफनो मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले उक्त कुरा बताउनुभएको हो ।
मन्त्री श्रेष्ठले बजेट विनियोजनामा यसै वर्ष पूरा हुने आयोजनामा पनि जोड दिएको बताउनु भयो । उहाँले सरकारले आगामी आर्थिक वर्षमा ५ हजार ५३५ मेघावाट विद्युत उत्पादन हुने प्रक्षेपण गरेको पनि बताउनु भयो ।मन्त्री श्रेष्ठले सरकारले उत्पादित विद्युत खेर नजाने नदिने गरी आवश्यक गृहकार्य गरिरहेको पनि बताउनु भयो ।




