निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म अनुसन्धान भइरहेको छः गृहमन्त्री गुरुङ | ईमाउण्टेन समाचार

Our Network

असार ३ २०८३, बिहीबार

निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म अनुसन्धान भइरहेको छः गृहमन्त्री गुरुङ

काठमाडौं ।

गृहमन्त्री सुधन गुरुङले निर्मला पन्त हत्या प्रकरणलाई सरकारले उच्च प्राथमिकतामा राखेर सुक्ष्म अनुसन्धान गरिरहेको बताउनुभएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा गृह मन्त्रालयको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो जानकारी दिनुभएको हो । गृहमन्त्री गुरुङले यस प्रकरणमा मन्त्रालय अत्यन्त संवेदनशील रहेको र आफूले व्यक्तिगत रूपमा पनि गम्भीरताका साथ अनुगमन गरिरहेको स्पष्ट पार्नुभयो । अनुसन्धानका कतिपय प्रक्रियाहरू गोप्य राखेरै अगाडि बढाउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उहाँले नतिजा नआएसम्म केही कुराहरू सार्वजनिक नगर्नु नै उपयुक्त हुने बताउनु भयो ।

विगतमा यस विषयलाई लिएर भएको राजनीतिकरणप्रति लक्षित गर्दै उहाँले एउटी बालिकाको निर्मम हत्या जस्तो संवेदनशील मुद्दामा राजनीति गरिनु दुःखद् भएको टिप्पणी गर्नुभयो । गृहमन्त्री गुरुङले दोषीलाई कानूनी दायरामा ल्याउन सरकार प्रतिवद्ध रहेको दोहो¥याउँदै अनुसन्धानलाई निष्कर्षमा पु¥याउन सबैको सहयोगको अपेक्षा समेत गर्नुभयो ।

Leave a Reply

ताजा समाचार