निर्मला पन्त हत्याकाण्डको अनुसन्धान थप शंकास्पद : सिटौला | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८१, बुधवार

निर्मला पन्त हत्याकाण्डको अनुसन्धान थप शंकास्पद : सिटौला

krishna prasad sitaula

कञ्चनपुर, २६ भदौ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले निर्मला पन्तको हत्या विषयमा आएका पछिल्ला गतिविधीले अनुसन्धान थप शंकास्पद रहेको बताएका छन् ।

मंगलवार निर्मला पन्तको परिवारलाई भेट्न महेन्द्रनगर पुगेका नेता सिटौलाले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्रीको अभिव्यक्ति, समितीका सदस्यको राजिनाले अनुसन्धान प्रक्रिया झन जटिल बनेको बताए ।

पुर्व गृहमन्त्री समेत रहेका सिटौलाले हत्या भएको ४७ दिन बितिसक्दा पनि सत्यतथ्य बाहिर नआउन सरकारीको कमजोरी रहेको समेत बताए । कन्चनपुर घट्ना छानविन समितीका सदस्य उपसचिव वीरेन्द्र केसीले सोमबार मात्र राजीनामा दिएका थिए । केसीको राजीनामा पछि स्थानिय तथा आफन्तहरुले न्याय पाउने सम्भावना कम रहेको बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);