बालिका बलात्कार पछि हत्या भएको घटनाबारे सदनलाई जानकारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बालिका बलात्कार पछि हत्या भएको घटनाबारे सदनलाई जानकारी

काठमाडौं, १७ साउन । सरकारले कञ्चनपुरमा बालिका बलात्कार पछि हत्या भएको घटनाबारे सदनलाई जानकारी गराएको छ । प्रतिनिधिसभाको विहीबारको बैठकमा समय मागेर बोल्दै गृहमन्त्री राम बहादुर थापाले कञ्चनपुरको भिमदत्त नगरपालिकाकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि निर्मम हत्या भएको घटनाबारे सदनलाई जानकारी गराएका हुन् ।

परिवारले दिएको जाहेरीका आधारमा अपराधमा संकास्पद मानिएका कैलालीका २२ बर्षिय जीवन घर्ती मगर र कंचनपुर जिल्ला भिमदत्त नगरपालिका ५ का १७ बर्षे दिपक मेघीलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको उनले जानकारी गराए ।

उनले केन्द्रीय अनुसन्धान व्युरोबाट खटिएको टोलिले घटनाको अनुसन्धान गरिरहेको बताए । कक्षा ९ मा अध्ययनरत पन्त विद्यालयबाट ट्युसन पढ्न गएको तर नफर्ककेको पारिवारिक जानकारीको आधारमा खोजतलास गर्दा श्रावण ११ गते विहान उखुबारीमा मृत अवस्थामा फेला परेकी थिईन ।

घटनाको विरोधमा आफन्तले श्रावण ११ गते सांझ भएको प्रर्दशनमा शान्ति सुरक्षा विग्रन नदिनका लागि प्रहरीबाट २२ सेल अश्रुग्यास प्रहार गर्नुपरेको गृहमन्त्री थापाले बताए । उनले यस प्रकारका जघन्य अपराध प्रति सरकार अत्यन्तै गम्भीर र सम्वेदनशील रहेको स्पष्ट पारे । निर्वाध मदिरा सेवन र लागु औषधको प्रयोगले घरेलु हिंसा र यौन हिंसालाई बढाएको उनको भनाई थियो ।

उनले सांसद निरु पालमाथि भएको घटना भने राजनीतिक प्रकारको घटना भएको बताए । राजनीतिक स्थिरता नचाहनेहरुले मुलुकमा आपराधिक क्रियाकलाप बढाईरहेको गृहमन्त्री थापाले बताए ।

यथास्थितिबादीहरुले धार्मिक र साम्प्रदायिक द्धेष फैलाएर त्यसलाई अतिरञ्जित गरि मुलुकमा अस्थिरता फैलाउनका लागि ठुलो कसरत गरिरहेको भन्दै उनले त्यस तर्फ सरकार सचेत रहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);