काठमाडौं । रुपन्देहीमा दुई बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ११ र सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बुटवल उपमहानगरपालिका–३ बस्ने रोल्पाको लुङ्गी गाउँपालिका–४ घर भएका २० वर्षीय भूपेन्द्र पोखरेललाई प्रहरीले पक्राउ गरेको हो । गएको चैत २१ गते पोखरेलले बालिकाहरूलाई बुटवल उपमहानगरपालिका–३, तिनाउ खोला बगरमा ललाइफकाइ जबरजस्ती करणी गरेको सूचनापछि इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई शुक्रबार दिउँसो पक्राउ गरिएको जनाएको छ । ती युवकलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।
दुई बालिका बलात्कार आरोपमा एक जना पक्राउ
ताजा समाचार
जग्गाको लागि लठ्ठीले कुटेर छोराले गरे आमाको हत्या
२३ मिनेट अघि
तपाईको आजको दिन कस्तो रहला !
३९ मिनेट अघि
आजको लागि यस्तो छ डलरको भाउ
४७ मिनेट अघि
मेरो मन कहिल्यै बुढो हुँदैनः राजेश हमाल
८ घन्टा अघि