कास्कीमा १३ वर्षीया बालिका बलात्कृत  | ईमाउण्टेन समाचार

Our Network

भदौ १ २०८३, मंगलबार

कास्कीमा १३ वर्षीया बालिका बलात्कृत 

कास्की। कास्कीमा एक जना १३ वर्षीया बालिकालाई बलात्कृत भएकी छन्।

ती बालिकालाई बलात्कार गरेको आरोपमा पोखरा महानगरपालिका–१३ बस्ने पर्वत कुश्मा नगरपालिका–६ घर भएका २४ वर्षीय खिम बहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ । बिकले ती बालिकालाई ललाई फकाई शुक्रबार राति सोही महानगरपालिका–५ लब्लीडाँडामा लगि बलात्कार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनीमाथि जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ।

Leave a Reply

ताजा समाचार