बालिका बलात्कार आरोपमा एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बालिका बलात्कार आरोपमा एक जना पक्राउ

भक्तपुर । भक्तपुरमा बालिका बलात्कार गरेकाे आराेपमा एक जना पक्राउ परेका छन् ।  रातको समयमा ११ वर्षीया बालिका सुतिरहेको अवस्थामा कोठामा गएर बलात्कार गरेको आरोपमा नुवाकोट बेलकोटगढी नगरपालिका-१३ घर भई हाल काठमाडौ बौद्ध बस्ने वर्ष ३५ को रामबहादुर सुनारलाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।

आराेपी सुनारलाई म‌गलबार पक्राउ गरिएकाे महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत राजु पाण्डेले जानकारी दिए । उनका अनुसार सुनारलाई प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हाे ।

सूर्यविनायक नगरपालिका-२ बालकोटमा डेरामा आफ्ना अभिभावकसँग बस्दै आएकी बालिकालाई निजकै डेराकोठामा गई जबरजस्ती करणी गरेको कसुरमा  सुनारलाई पक्राउ गरिएको उनले जानकारी दिए । सुनारलाई नियन्त्रणमा लिई प्रहरी वृत्त ठिमीबाट थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकृत पाण्डेले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);