चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०७९, बिहीबार

चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ

धनुषा । सहिदनगर नगरपालिका–१ चिरैया बस्ने ६० वर्षीया अजोधी सहनीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ५० वर्षीय श्याम सुन्दर सहनी रहेका छन् । उनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरुबीच लेनदेनको विषयमा सोमबार राति विवाद तथा झैं–झगडा हुँदा श्याम सुन्दरले चक्कु प्रहार गर्दा अजोधी गम्भीर घाइते भएका थिए ।

अजोधीको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा गएराति मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट खरियानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply