कर्तव्य ज्यान मुद्दाका फरार प्रतिबादी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिबादी पक्राउ

भैरहवा । कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ शंकरनगरका ४२ वर्षिय विष्णु परियार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दामा रुपन्देही जिल्ला अदालतबाट फरार सूचीमा रही पुनरावेदन अदालत बुटवलको २०५७ मंसिर २२ गतेको फैसलाले १७ वर्ष ५ महिना २२ दिन कैद तोकिएका विष्णुलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए ।

इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीको टोलीले विष्णुको घरमा फेला पारी पक्राउ गरेको र फैसला कार्यान्वयनको लागि जिल्ला अदालतमा पेश गरिएकोमा उनलाई कैद भुक्तानको लागि आइतबार जिल्ला कारागार कार्यालय रुपन्देहीमा पठाइएको डीएसपी थापाले जानकारी दिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);