कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ  | ईमाउण्टेन समाचार

Our Network

भदौ १८ २०८३, शुक्रबार

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ 

पर्सा।कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका–१ छप्कैया बस्ने रामजान भन्ने २६ वर्षीय हसमुदिन अन्सारीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । अन्सारी समेतले बारा कलैया उपमहानगरपालिका–५ बहुअर टोल नहरको छेउमा मनिष कुमारको हत्या गरी फरार रहेको प्रहरीले जनाएकोक छ । उनलाई जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका–१ छप्कैयाबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा कलैया पठाइएको छ ।

Leave a Reply