सांसद किनबेचमा देउवा नै सक्रिय : प्रमुख सचेतक भूमिश्वर ढकाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सांसद किनबेचमा देउवा नै सक्रिय : प्रमुख सचेतक भूमिश्वर ढकाल

काठमाडौं । उहिले भारतको बिहारमा सरकार गिराउन र टिकाउन खेल हुन्थ्यो । जसलाई ‘बिहारी राजनीति’ भनेर विश्वभर चिनिन्थ्यो । बिहारी राजनीतिलाई बिर्साउने गरी लुम्बिनी प्रदेश सभामा अनेक खेल भइरहेको छ ।

लुम्बिनी प्रदेशलाई बदनाम बनाउने गरी खेल किन भयो ? कसरी भयो ? यो विषयमा केन्द्रित रहेर लुम्बिनी प्रदेशका नेकपा एमालेका मुख्य सचेतक भूमिश्वर ढकालसँग गरिएको कुराकानीको सार संक्षेप :

आइतबार लुम्बिनी प्रदेशमा भएको के हो ? एकैदिन राजनीतिमा अनेक खालका परिदृष्य देखिए, त्यो कसरी भयो ?

आइतबार एमालेले संविधानको धारा ६८ (२) बमोजिम बनेको सरकारबाट राजीनामा दिएर ६८ (१) बमोजिमको सरकार बनाउन दाबी पेश गरेको हो ।

त्यही अनुसार हामी सरकार बनाउने प्रक्रियामा लाग्यौं । बिहान हाम्रो संसदीय दलको बैठक थियो । हाम्रा बहुमत सदस्य उपस्थित भएर पार्टी संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री बनाउने निर्णय ग¥यौँ । त्यही अनुसार प्रक्रिया अघि बढेको हो ।

एमालेले मुख्यमन्त्रीको दाबी पेश गर्ने वित्तिकै एमाले सांसद विमला वली माओवादी केन्द्रमा प्रवेश गर्नुभयो । त्यो चाहीँ के भएको हो?

हाम्रो पार्टीको सरकार बनाउन बहुमत पुग्ने भएपछि माओवादीले हाम्रा एकजना सांसद विमला वलीलाई अपहरण गरे । उहाँलाई बीच बाटोबाटै अपहरण गरे । विभिन्न प्रलोभन देखाए र माओवादीमा प्रवेश गरेको नाटक गराएका हुन् ।

उहाँहरुको कर्तूतबारे आगामी दिनमा थप कुरा सार्वजनिक हुँदै जानेछ । उनीहरुले के गरेका थिए, के भनेका थिए, के के आश्वासन दिएका थिए सबै कुरा खुल्ने नै छ ।

एमालेका अर्का सांसद दुगनारायण पाण्डेको रानीनामा पनि आएको छ, उहाँले चाहीँ किन राजीनामा गर्नुभएको हो ?

हिजो नै उहाँको राजीनामा आयो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको ठाडो निर्देशन, प्रलोभन र आश्वासनमा उहाँले सांसद पदबाट राजीनामा दिनुभएको हो ।

उहाँको राजीनामा पनि स्वीकृत भइसक्यो । उहाँलाई शेरबहादुर देउवाले पैसा र पदको प्रलोभन दिएर राजीनामा गराउनुभएको हो । देउवाले विगतमा सांसद किनबेचको खेलमा घिनलाग्दो कीर्तिमान बनाउनुभएको थियो । अहिले त्यही हर्कत गर्नुभएको छ ।

विमलालाई माओवादीले अपहरण गरेर पार्टी प्रवेशको कागज बनाएको हो । पैसा र शक्ति प्रयोग गरेर उनीहरुले हाम्रा सांसद अपहरण गर्ने र किन्ने काम गरेका छन् । यसरी प्रदेश सभा भित्र हामी बहुमतमा छौँ भन्ने नाटक उनीहरुले देखाउन खोजे । तर त्यो सफल भएन ।

प्रदेश सभामा अहिले एमालेको अवस्था चाहीँ के हो त ?

फेरि पनि स्थिति के हो भने अहिले आएर हेर्दा हामी प्रदेश सभा भित्र बराबरीको अवस्थामा छौँ । हिजो जतिबेला हामी संसदीय दलको बैठकमा थियौँ, मुख्यमन्त्रीको दावेदारी गरेका थियौँ, त्यतिबेला प्रदेश सभामा हाल रहेको कुल ८१ जना सदस्य मध्ये हाम्रा ४१ जना सांसद हुनुहुन्थ्यो ।

भनेपछि बाँकी घटनाक्रम मुख्यमन्त्री नियुक्ति पछि भएका हुन् ?

४१ जना सांसदको हस्ताक्षर लगेर हामीले प्रदेश प्रमुखलाई बुझाएको हो । उहाँले त्यसको आधारमा मुख्यमन्त्री नियुक्त गर्नुभयो ।

हो, मुख्यमन्त्री नियुक्ति गरेपछि अनेक खालका हर्कत भए । मुख्यमन्त्री नियुक्ती पछि सांसद अपहरण गर्ने काम भयो । कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवाले फोनबाट दवाव दिनुभयो । सांसद किनबेचमा उहाँको प्रत्यक्ष भूमिका रह्यो ।

लुम्बिनीमा जुनखालको खेल कांग्रेस र माओवादीबाट भयो यो नेपालको राजनीतिक इतिहासमा खेदजनक कार्य हो । यसले राजनीतिलाई ठीक ढंगले अघि बढाउँदैन । लोकतन्त्रलाई सुदृढ गराउँदैन । राजनीतिलाई दुर्गन्धित खेल बनाउने कामममा कांग्रेस र माओवादीका नेता प्रत्यक्ष रुपमा लाग्नुभयो । यस प्रति नेकपा एमालेको खेद छ ।

अब हामी प्रदेशमा संवाद र सहमतिको वातावरण बनाएर अघि बढ्ने प्रयत्न गर्ने छौँ ।

पार्टी निर्देशन विपरित लाग्ने सांसदलाई के हुन्छ त अब ?

उनीहरुलाई स्वभाविक रुपमा कारबाही हुन्छ । त्यो प्रक्रिया अघि बढ्छ ।

अनि सूर्य चुनाव चिन्ह लिएर लड्ने दुईजना स्वतन्त्र समूहका सांसदलाई पनि कारबाही हुन्छ र ?

होइन, उहाँहरु हिजो पनि हामीसँग हुनुहुन्थ्यो, आज पनि हामीसँगै हुनुहुन्छ । उहाँहरुले हाम्रो मुख्यमन्त्रीसँग भेटघाट गर्दै हुनुहुन्छ । उहाँहरुमा कुनै समस्या छैन । उहाँहरुको माग र असन्तुष्टिलाई पार्टीले सम्बोधन गर्छ । उहाँहरुसँग हामी छलफलमा छौँ, अब कसरी जाने भन्ने सरसल्लाह हुन्छ ।

लुम्बिनीको अबको संसदीय राजनीति कसरी अघि बढ्छ त ?

अहिले हेर्दा हाम्रो विरुद्ध सबै एक ठाउँमा छन् । एमालेको विकास र समृद्धिको अभियानलाई रोक्न र छेक्न सबै लागेका छन् । तर, हामी पूर्वाग्रह राख्दैनौं । संवाद र छलफलबाट अघि बढ्छौं ।

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);