लुम्बिनी गुरु योजनाको बाँकी काम ३ बर्ष भित्र सम्पन्न हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

लुम्बिनी गुरु योजनाको बाँकी काम ३ बर्ष भित्र सम्पन्न हुने

काठमाडौं, ५ जेठ । लुम्बिनी विकास कोषले किंन्जो टाँगे लुम्बिनी गुरु योजनाको बाँकी काम ३ बर्ष भित्र सम्पन्न हुने बताएको छ । संसदीय समितिको आईतबारको छलफलमा लुम्बिनी विकास कोषका योजना अधिकृत सरोज भट्टराईले किन्जो टाँगे लुम्बिनी गुरुयोजनाको ८२ प्रतिशत काम सकिएकाले बाँकी १८ प्रतिशत काम तीन बर्ष भित्र सम्पन्न गरिने प्रतिवद्धता जनाउनुभएको हो ।

बाँकी काम सम्पन्न गर्नका लागि ६ अर्ब रुपैयाँ लाग्ने पनि उहाँले स्पष्ट पार्नुभयो । कोषसंग तत्काल प्राविधिक जनशक्ति नभएकाले परामर्शदाता मार्फत गर्ने गरि छनौट प्रक्रियाको प्रारम्भीक काम पनि सम्पन्न भएको जानकारी उहाँले गराउनुभयो ।

उहाँले एक महिना भित्र परामर्शदाता नियुक्तिको प्रक्रिया टुंगो लगाई समयमै निर्माण कार्य सम्पन्न गर्ने गरि टेण्डर आव्हान गरिने बताउनुभयो ।

उहाँले लुम्बिनी गुरु योजना अन्र्तगत ४२ वटा विहार बनाउने भनिएकाले सोही अनुसारको व्यवस्थापन गरिएको भएपनि विहार निर्माण र संचालनमा केही समस्या देखिएपनि अहिले त्यस्तो अवस्था नरहेको स्पष्ट पार्नुभयो । चन्दा वापत प्राप्त विदेशी मुद्राको सवालमा सटहीमा आउने पैसा बैकको प्रतिनिधि र सुरक्षाकर्मीको रोहवरमा सटही गर्ने गरिएको स्पष्ट पार्नुभयो ।

उहाँले लुम्बिनी विकास कोषको ऐनमा नै १० वटा मात्रै क्षेत्र हेर्ने भनि किटान गरिएकाले कपिलवस्तु, नवलपरासी र रुपन्देहीका बुद्धसंग सम्बन्धीत् क्षेत्रहरुलाई गुरुयोजनामा समावेश गर्न नसकिएको स्पष्ट पार्नुभयो । बुद्धसंग सम्बन्धीत बाँकी क्षेत्रलाई वृहत्तर लुम्बिनी गुरुयोजनामा समावेश गर्ने प्रयास भईरहेको जानकारी उहाँले गराउनुभयो ।

बैठकमा समिति सभापति भरत शाह, सदस्यहरु राजेन्द्र केसी, ह्दयेश त्रिपाठीले मायादेवी मन्दीरको दान दक्षिणाको सही व्यवस्थापन र विहारमा होटल संचालन गर्न दिन नहुने बताएका थिए ।

समितिले किंन्जो टाँगे लुम्बिनी गुरु योजना, दान वापत प्राप्त विदेशी मुद्राको व्यवस्थापन, विहारमा होटल संञ्चालन भएको भन्ने सम्बन्धमा लुम्बिनी विकास कोषका अधिकारीसंग छलफल गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);