सुदूरपश्चिम प्रदेश सरकारले जेठ २२ गते नीति तथा कार्यक्रम ल्याउने | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

सुदूरपश्चिम प्रदेश सरकारले जेठ २२ गते नीति तथा कार्यक्रम ल्याउने

धनगढी । सुदूरपश्चिम प्रदेशमा यही जेठ २३ गते नीति तथा कार्यक्रम प्रस्तुत गरिने भएको छ । जेठ १७ गतेदेखि बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल गरेको प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ २२ गते प्रदेशसभामा प्रस्तुत गर्ने भएको हो । नीति तथा कार्यक्रम प्रदेश प्रमुख देशावर जोशीले प्रस्तुत गर्ने छन् । प्रदेश सभाको दसौँ अधिवेशन अन्तर्गत पाँचौँ बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने छ ।

बिहीबार बसेको बजेट अधिवेशनको चौथो बैठकमा सभामुख अर्जुनबहादुर थापाले जेठ २२ गते अपराह्न ४ बजे प्रदेश प्रमुख जोशीले प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेबारे सभामा जानकारी दिएका थिए ।

बिहीबार बसेको प्रदेशसभाको चौथो बैठकमा प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले छलफलका लागि पेस गरेको विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि थप छलफल भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);