सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ ७ गते सार्वजनिक गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ ७ गते सार्वजनिक गर्ने

office of pm

काठमाडौं, १ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम जेठ ७ गते ल्याउने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले जेठ ७ गते संघीय संसद्को संयुक्त सदनमार्फत नीति तथा कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको हो । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ । मन्त्रिपरिषद्ले संघीय संसद्को बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपतिसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमण सफल र नेपालको हितमा रहेको ठहर गरेको छ । बैठकले मोदीको भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप मजबुत भएको निष्कर्ष निकालेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);