सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले आज सार्वजनिक गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले आज सार्वजनिक गर्ने

bidhaya devi bhandari

काठमाडौं, ७ जेठ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद्को आइतबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त सदनमार्फत सार्वजनिक गर्ने नीति तथा कार्यक्रम स्वीकृत गरेको हो । राष्ट्रपति भण्डारीले आज अपरान्ह ४ बजे संघीय संसद्को संयुक्त सदनमार्फत सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम छ ।

मन्त्रिपरिषद्ले १ हजार २ सय किलोमिटर लामो मदन भण्डारी राजमार्ग निर्माण गर्ने निर्णय गरेको छ । बैठकले झापाको शान्तिनगरदेखि चतरा–गाईघाट–कटारी–सिन्धुलीमाढी–हेटौंडा–गैंडाकोट–तम्घास– प्यूठान, घोराही, सुर्खेत हुँदै रुपालसम्म पुग्नेगरी चुरे तथा भित्री मधेश जोड्ने १ हजार २ सय किलोमिटर लामो राजमार्ग निर्माण गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमण अस्वीकृत गरेको छ । जनरल कन्भेन्सन अफ मधेशी एसोशिएसन अफ अमेरिका भन्ने गैरसरकारी संस्थाको निम्तामा राउतलाई भ्रमणमा पठाउन दुई नम्बर प्रदेशको सरकारले गरेको प्रस्ताव मन्त्रिपरिषद्ले अस्वीकृत गरेको हो । प्रदेशमा बजेट निर्माण तथा अन्य महत्वपूर्ण कामहरु गर्नुपर्ने अवस्थामा मुख्यमन्त्री राउतको भ्रमण अनुपयुक्त देखिएको ठहर मन्त्रिपरिषद्ले गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

मन्त्रिपरिषद्ले राष्ट्रिय बीमा संस्थानको प्रशासकमा कविप्रसाद पाठकलाई नियुक्त गरेको छ । कृषि विकास बैंकबाट अवकाश पाएका पाठक प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन् । मन्त्रिपरिषद्ले तेत्तीस किलो सुन तस्करी छानबिनसम्बन्धी समितिको म्याद जेठ मसान्तसम्मका लागि थप गरेको छ । बैठकले सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);